११ पुस २०८१, बिहिबार । December 26, 2024

जमिन भासिएपछि पर्वत जिल्ला अस्पतालको निर्माणाधीन भवन अलपत्र



पर्वत । जिल्ला अस्पतालको निर्माणाधीन भवनमुनिको जमिन भासिएपछि विगत चार वर्षदेखि निर्माण अलपत्र छ ।

नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण गर्ने लक्ष्यका साथ काम चलिरहेका बेला जमिन भासिएको हो । सहरी विकास कार्यालयले भवनका लागि रु २८ करोड विनियोजन गरेर काम थालेको थियो । अस्पतालमा बन्ने भवनलाई ब्लक ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘इ’ गरेर काम अगाडि बढेकामा जमिन भासिएपछि ‘इ’ ब्लकको काम पनि अधुरै छ ।

कालीगण्डकी नदी किनारमा रहेको भिर नजिकतर्फ रहेको ‘इ’ ब्लक निर्माणको काम चलिरहेका बेलामा जमिन भासिएपछि पछिल्ला चार वर्षदेखि काम अघि बढ्न नसकेको पर्वत अस्पतालले जनाएको छ । भवनको निर्माण चलिरहेको बेलामा भुइँतलाको भागमा ‘बीम’ रहेको ठाउँ बाहेकको जमिन भासिँदै गएपछि भवनको काम अघि बढ्न नसकेको अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले बताए ।

विसं २०७७ असारदेखि भासिन सुरु गरेको भवनको ‘बीम’हरू राखेर बाँकी रहेको ठाउँमा अन्तिम केन्द्र यकिन नै गर्न नसकिने गरी भासिएपछि काम पूर्ण रूपमा ठप्प छ । यस वर्ष अरु दुई ठाउँमा जमिन भासिएको छ । भूगर्वविद्हरूले जमिन भासिनुको कारण र समाधानका उपायसहितको अध्ययन प्रतिवेदन अस्पताललाई बुझाउने भनिए पनि हालसम्म त्यो प्रतिवेदन प्राप्त नहुँदा भवनको काम अगाडि नबढेको अध्यक्ष गिरीले बताए ।

चार वर्ष अगाडि निर्माणाधीन भवन भासियो, त्यसपछि कोभिडको महामारी सुरु भएकाले काम अगाडि बढ्न नसकेको उनले बताए ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ८ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम विशेष बुलेटिनः शुक्रबार र शनिबार देशभर वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नदेखि शनिबार

सामान्य अंकले बढ्यो नेप्से, अधिकांश कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक

कजाकिस्तान विमान दुर्घटना अपडेटः मृतकको संख्या ३८ पुग्यो, ११ को अवस्था गम्भीर

एजेन्सी । बुधबार कजाकिस्तानमा भएको यात्रुबाहक विमान दुर्घटनामा मृत्यु हुनेको

भोजपुरमा स्कर्पियो दुर्घटना, १० जना घाइते २ को अवस्था गम्भिर

भोजपुर । बिहीबार बिहान भोजपुरमा स्कर्पिओ दुर्घटना भएको छ ।

तोलामा ६ सयले बढ्यो सुनको भाउ, चाँदीको मूल्य स्थिर

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय