२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

चिनको मस्तिष्क भएको एआई रोबोट, आविष्कार कि विनाशको संकेत ?



काठमाडौं । के मानवरुपी रोबोटले हामी मानवलाईनै प्रतिस्थापन गर्दै छ ? भविष्यमा विश्वमाथि यिनै रोबोटको राज हुने त होइन ?

सुन्दा कुनै चलचित्रको कहानीको सुरुवात जस्तो लाग्ला । तर यो हामीले पहिलो पटक सोधेको र सुनेको प्रश्न भने पक्कै होइन । समय समयमा एआईमा भएको तिब्र विकासलाई आधार बनाएर यस्ता चर्चाहरु भइरहेका हुन्छन् । वैज्ञानिक वृत्तमा पनि एआई रोबोटको विकासले निम्त्याउन सक्ने खतराको चासो, चिन्ता र छलफल व्यापक हुने गरेको छ । अब, अहिले यो प्रसङ्ग कसरी आयो त ?

चाइना मर्निङ पोष्टका अनुसार चिनले हालै एउटा आर्टिफिसियल इन्टेलिजेन्स रोबोटको आविस्कार गरेको छ । यो त कुनै नौलो कुरा भएन भन्ने लाग्ला । कुरा पुरानै हो तर रोबोट भने नौलो नै छ । यो विश्वकै पहिलो यस्तो रोबोट हो जसमा ल्यावमा तयार पारिएको मानव मस्तिष्क फिट गरिएको छ । यानी यो रोबोटसँग हामी मानिसकै जस्तो दिमाग छ, जसको जन्मदाता हुन् तियानजिन युनिभर्सीटि र साउदन युनिभर्सीटि अफ साइन्स एण्ड टेक्नोलोजीका वैज्ञानिक खोजकर्ताहरु ।

रोबोटमा प्रयोगशालामा विकसित मानव मस्तिष्क र मस्तिष्कको स्नायु प्रणालीसँग अन्तरक्रिया गर्ने कम्प्युटर चिपको प्रयोग गरिएको छ । त्यसैले तियानजिन युनिभर्सीटिले यो प्रविधिलाइ “world’s first open-source brain on chip intelligent complex information interaction system” छोट्करीमा “brain on chip” अर्थात चिपमा जडित मस्तिष्कको रुपमा परिभाषित गरेको छ ।

विश्वविद्यालयका अनुसार यो खोजले हाइब्रिड हेयुमन रोबोट इन्टेलिजेन्सलाई सम्भब तुल्याउने छ । हुन त यो आविस्कारको उद्देश्य मानिसको काम सहज बनाउने गरि रोबोटलाई कुनै सामान समाउने बनाउनु, काम बिग्रने खतरालाई न्युनिकरण गर्नु हो भन्ने छ तर यो आफैमा मानव जगतको लागि ठुलो खतरा भएको दावीहरु पनि आईरहेका छन् ।

यसले मानिसको कामलाई प्रभावित गर्नसक्ने, गलत जानकारीहरू प्राप्त भएको स्थितिमा यो रोबोटले गलत हर्कत गर्नुका साथै गलत निर्णयहरु पनि गर्न सक्ने साथै भविष्यमा कुनैबेला बेलगाम पनि हुनसक्ने विज्ञहरुको चिन्ता छ । यसलाई ‘मदरिङ अफ मोन्सटर ’ यानि राक्षस जन्माएको भन्ने संज्ञा पनि दिइएको छ ।

के हामीलाई साच्चै आफुखुसि विश्व हाँक्ने हाईब्रिड मसिन चाहिएको छ त ?

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  १२ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको