२३ बैशाख २०८३, बुधबार । May 6, 2026

खडीखानीको सपनाले उजाडेको जीवन


३० बैशाख २०८१, आइतबार  

57
Shares

बझाङ । कुनैबेला बझाङका युवाका लागि भारतको उत्तराखण्डका खडीखानी (लेख्ने चकजस्तै ढुङ्गाको खानी) जानु ठूलो ‘सोख’ र ‘सान’को विषय थियो ।

खडिखानीमा पसिना चुहाएर मनग्य आम्दानी हुने भएपछि स्थानीय युवाको सपना नै ठेकेदारमार्फत् उत्तराखण्ड जानु हुन्थ्यो । यतिसम्मकि यहाँका धेरै युवाले कमाइको लोभमा माध्यमिक तहको अध्ययन गर्नुभन्दा मुग्लान पस्नुलाई आफ्नो भलाई ठान्थे । त्यस्तै नियतिले मष्टा गाउँपालिका–६ का लक्ष्मण बोहरालाई पनि पछ्यायो । विगत १२/१५ वर्षदेखि त्यहाँ आउनुजानु लक्ष्मणको नियमित कर्मजस्तै थियो । यहीक्रममा एक दशकअघि पनि उनले मङ्सिरमा खेतबारीमा गहुँ छरेर दर्जनबढी आफन्तसँगै दैलो छोडे । सुरूआती दिन राम्रैसँग बिते ।

यसताका कामको चापले घर छोडेको १५ महिनापछि मात्रै जन्मथलो फर्किएको उनको मनस्पटलमा ताजै छ । “जीवनको पहिलो कमाइ बाआमालाई दिँदा उनिहरुको आँखामा खुसीको आँशु बगेको थियो,” लक्ष्मण सम्झन्छन्, “छोरो गरी खाने भइसक्यो भनेर गाउँभरि खुसी साट्दै मिठाइ बाडेको अहिल्यै होजस्तो लाग्छ ।” मेहनतअनुसार खडीखानीको कमाइले बाबाआमालाई सदरमुकाम राख्ने, घर–जमिन जोड्ने र त्यसपछि बिहे गर्ने लक्ष्मणको तयारी थियो तर उनले १० वर्षअघि विवाह गर्नै पर्ने भयो ।

बिहेपछि पनि उनको कमाइ राम्रै थियो । आवतजावत चलेकै थियो । उनि पाँचौपटक बाबाआमा र छोरीलाई सदरमुकाम राख्ने र उतै पढाउने सल्लाह गरेर खडीखानीतर्फ लागे तर यो उनको अन्तिम यात्रा भयो । खानी खन्दैगरेका बेला पहिरो झर्यो । त्यही पहिरो उनका लागि अभिषाप बनेर आयो । लक्ष्मणले दिएको जानकारी अनुसार पहिरो झरेपछि सँगै काम गरिरहेका साथीहरू भाग्न सफल भए तर उनि भने सुरूकै ढुङ्गा टाउकोमा लागेर त्यही ढले ।

पछि ठूलो पहिरोले कम्मरभन्दा मुनीको भाग पूरै च्यापियो । “मेरो होस् नै थिएन । अन्य साथीहरूले अचेत अवस्थामै अस्पताल पुर्याएछन् । अस्पतालमा महिनादिनपछि मात्रै मेरो चेत खुल्यो । ठेकेदार र अस्पतालले चलखेल गरेर सञ्चो भइसक्यो भनेर घर पठाए”, ति दिन सम्झिँदै उनि भन्छन्, “सामान्य औषधि दिएर ‘डिस्चार्ज’ गर्यो तर फेरि असञ्चो भएपछि मेरा भाइहरू भएको ठाउँ बैङ्लोरमा लिएर उपचार गरियो ।” त्यहाँ चार महिनासम्म उपचार गरिएपछि चिकित्सकको सल्लाहमा औषधि बोकेर घर पठाइएको उनि बताउँछन् । “घर फर्कँदा मर्नु न बाँच्नु भयो ।

अहिले आमाबुबा र श्रीमतीले स्याहार्दै आएका छन् । छ वर्षदेखि परिवारको सहयोग र औषधिको भरमा स्वास धानिएको छ”, लक्ष्मणले मलिन मुद्रामा भने । लक्ष्मणको मेरूदण्ड भाँचिएको हुँदा कम्मरभन्दा तलको भाग चल्दैन । अहिले ७३ वर्षीय बुबा धनपति बोहराले उनलाई सहारा दिइरहेका छन् । आफू र श्रीमतीले पाउने वृद्धभत्ता र छोरा लक्ष्मणले पाउने अपाङ्गता भत्ताबाट परिवारको पेट पालिएको बुबा धनपतिले बताए । “ आफ्नो जीवन बाचुञ्जेल सबै छोराका लागि केही व्यवस्था गरिदिने सोच थियो । विडम्बना कान्छो छोरा लक्ष्मणको यो हालत भयो ।

छोराको उपचारमा भएको सबै सम्पत्ति खर्चिदा पनि सञ्चो भएको छैन । अब बाँकी दिन कसरी काट्ने होला”, उनले भने । बुबा धनपतिका अनुसार छोराको उपचारका लागि रु ३५ लाख खर्च भएको छ भने त्यसमध्ये पाँच लाख भाइ, पाँच लाख रोजगारदाताले दिएको र रु २५ लाख लक्ष्मणकै भागको जग्गा बेचेर खर्च गरिएको हो । “बुबाआमालाई सुख दिने बेलामा उल्टै बुढेसकालमा उहाँहरूको गलगाँडजस्तै भएको छु । उठ्न र बस्नसक्ने अवस्था पनि छैन । अझै घाउ सञ्चो भएको छैन । घरका सबैले काम छोडेर मेरै सेवा गरिरहनुपरेको छ”, लक्ष्मणले पीडा पोख्दै भने ।

उनले विगत छ वर्षदेखि मासिक २० हजार बराबरको औषधि नियमितरूपमा सेवन गरिरहेका छन् । त्यो खर्च धान्न बोहरा परिवारलाई धौधौ छ । “अन्न नउब्जिएपछि छाक टार्नै मुस्किल छ । कमाई छैन, सामाजिक सुरक्षा भत्ताले खान पुग्दैन । त्यसैमा छोराको उपचारमा ऋण लागेकाले समस्यामा छौँ”, बुबा धनपतिले दुःखेसो पोखे ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ३ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको