२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड


१७ बैशाख २०८३, बिहिबार  

21
Shares

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औं वर्षगाँठ भव्यतापूर्वक मनाएको छ।

काठमाडाैंको होटल एल्लो प्यागोडामा एक कार्यक्रम आयोजना गर्दै संगठनले वर्षगाँठ मनाउदै असंलग्न आन्दोलनको महत्वबारे छलफल गरेको हो।

‘नेपाल तीन ढुङ्गाबीचको तरुलको रुपमा उभिन पुगेको छ। नेपालले अर्थ कुटनीतिमा ध्यान दिनुपर्ने बेला आएको छ। नेपालले कुनै राष्ट्रको पक्षमा उभिने स्थिति बनेमा यसले नेपाललाई ठूलो प्रभाव पार्ने र अस्थित्वमाथि नै प्रश्न उठ्नसक्छ।’, पूर्वराजदूत एवम् परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले भने ।

कार्यक्रममा सरकारले नेपाललाई बफर स्टेटबाट भाइब्रेन्ट ब्रिज बनाउने भन्दै गरेको घोषणालाई समेत खरो टिप्पणी गरेका हुन्। नेपाल बफर स्टेट कहिल्यै नभएको र हुन नसक्ने भनेका परराष्ट्र क्षेत्रका जानकारहरुले नेपालले आफ्नो परराष्ट्र नीति र वाण्डुङङ्ग सम्मेलनको उद्देश्यलाई थप अपनत्व लिनुपर्नेमा जोड दिए ।

‘वाण्डुङ्ग सम्मेलन नेपालको स्वतन्त्रतालाई जोगाउने मामलामा महत्वपूर्ण हिस्सा बन्न पुग्यो। अबका दिनमा पनि सरकारले असंलग्न परराष्ट्र नीतिमा प्रतिबद्ध र कटिबद्ध राख्दै नेपाली भूमिलाई अन्य राष्ट्रको पक्षमा प्रयोग हुन नदिनु नै हाम्रो प्रमुख दायित्व हुन्छ।’, प्रमुख अथिति रहेका पूर्वपरराष्ट्रमन्त्री एवम् नेपाली सेनाका लेफ्टिनेन्ट जनरल बालानन्द शर्माले भने ।

कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री बालानन्द शर्मा, पूर्वराजदूत एवम् परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, पूर्वराजदूत प्राडा मोहनप्रसाद लोहनी, पूर्वराजदूत दिनेश भट्टराई लगायतका शीर्षस्थ व्यक्तिहरुको सहभागीता रहेको थियो।

नेपालले असंलग्न आन्दोलन र यसको उद्देश्यलाई पछ्याउनुपर्नेमा जोड दिदै संगठनका महासचिव प्राडा गोपाल पोखरेल ‘विवस’ले कार्यक्रमको संयोजन गरेका थिए। पोखरेलले नेपाल असंलग्न नीतिमा अडिक रहनुपर्ने धारणा प्रस्तुत गर्दै अहिलेको अवस्थामा यो अतिनै महत्वपूर्ण बिषय भएको औँल्याएका थिए । पोखरेल परराष्ट्र मामलामा लामो समयदेखि सक्रिय रहेका छन भने असंलग्न आन्दोलनको पक्षपाति समेत हुन् ।

कार्यक्रममा अफ्रो एसियाली जनएकता संगठनका उपाध्यक्ष निरज मास्केले कार्यक्रमको आवश्यकता र औचित्य व्यापक रहेको र यसलाई सरकारले पनि अपनत्व लिनुपर्ने बताए । यस्तै सचिव अनु शर्माले स्वागत मन्तव्य राखेकी थिइन ।

वाण्डुङ्ग सम्मेलन सन् १९५५ अप्रिल १८ देखि २४ सम्म इन्डोनेसियाको वाण्डुङ्ग सहरमा एसियाली र अफ्रिकी राष्ट्रहरूको सहभागीतामा आयोजित एक ऐतिहासिक सम्मेलन थियो। यसलाई ‘एसिया-अफ्रिका सम्मेलन’ पनि भनिन्छ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ९ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ