१ जेष्ठ २०८३, शुक्रबार । May 15, 2026

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित


१५ बैशाख २०८३, मंगलबार  

0
Shares

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको जेन्जी आन्दोलनमा केन्द्रित भइ लेखिएको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशनमा आएको छ ।

विश्वभरका स्वप्नशील, साहसी र सिर्जनशील नवपुस्ताप्रति समर्पित जेन्जी कविताका प्रकाशकमा रचनाकारकी ९२ वर्षीया आमा चेतकुमारी रहनुभएको छ । कृतिभित्र २३ र पुस्तकावरणमा एक गरी २४ कविता सङ्ग्रहित छन् जसले भदौ २३ र २४ लाई सङ्केत गर्छन् जुन दिन नेपालमा जेन्जी आन्दोलन भौतिक रूपमा सुरु भई उत्कर्षमा पुगेको थियो ।

‘आगो’, ‘खरानी’, ‘डेलुलु’, ‘कैलदेवी’, ‘जेन्जी जुत्ता’, ‘मुस्कान खातुन’, ‘थुक्तेन’, ‘सेप्टेम्बर ८’, ‘भदौ २३’ आदि शीर्षकमा नवपुस्ताका आशा, आकाङ्क्षा, मुलुकमा व्याप्त कुशासन, बेथिति र भ्रष्टाचार, जेन्जी सहिदका भावना, पुराना राजनीतिक दल र तिनका नेताहरूको पुरातन सोचाइ, निर्वाचन आदि विषय समेटिएका छन् जसमा विश्वबोध पनि भेटिन्छ ।

निरास युवाहरूका उकुसमुकुसले ज्वालामुखीको रूप लिएपछि उत्पन्न आक्रोशलाई ‘लाभा’ मार्फत प्रतिनिधित्व गराइएको छ । जेन्जी आन्दोलनसँग सम्बन्धित कविताहरूको यो नै सम्भवतः पहिलो नेपाली कवितासङ्ग्रह हो ।

गीत, मुक्तक, हाइकु, कथा, धारावाहिक उपन्यास पनि प्रकाशन गराइसकेका रिमालका समसामयिक विषयमा लेखिएका लेखरचना पनि पत्रपत्रिकामा प्रकाशन भइरहेका छन् । उहाँको यसअघि ‘एउटा काँढा बिझ्दा’, गीतसङ्ग्रह (विसं २०४८), ‘त्रिशूलीको किनाराबाट’, कविता सङ्ग्रह (विसं २०६६), ‘बारपाक’ कम्पकाव्य (विसं २०७४), ‘नदी बग्दैन’, कवितासङ्ग्रह (विसं २०७८), ‘चमेरो’, कोरोना कविता (विसं २०८०), ‘हिमाल त कालै भएछ’, २०२४ का कविता (विसं २०८१) कृति प्रकाशन भइसकेका छन् ।

पुख्र्याैली घर तार्केश्वर–सामरी/त्रिशूली बजार, नुवाकोट रहेका उनी हाल आफूद्वारा विभिन्न समयमा फुटकर रूपमा लेखिएका प्रकाशित–अप्रकाशित निबन्धहरूको सङ्ग्रह प्रकाशनको गृहकार्यमा छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ९ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Digital Regulation Between Allies: South Korea–EU Choices under U.S. Pressure

Introduction: The Geopolitics of Digital Regulation The politics of digital

President Trump’s Squid Game: The Korean Nuclear Debate

Introduction The Korean nuclear debate has been among the hidden

The Need for and Challenges of Institutionalizing Peaceful Coexistence on the Korean Peninsula

Recently, North Korea has simultaneously exhibited two sharply contrasting tendencies.

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको