७ चैत्र २०८२, शनिबार । March 21, 2026

खण्डहर ! खण्डहरभित्र पोखरी ! त्रिचन्द्रमा परिक्षाको अविस्मरणिय अनुभव



मास्टर्स थर्ड सेमेस्टरको परीक्षा केन्द्र त्रिचन्द्र कलेजमा पर्‍यो । घण्टाघरसँगैको होइन, त्यसको ठिक पारिपट्टीको संरचनामा । यस अघिको २ वटा सेमेस्टरको परिक्षा दिन अरुनै कलेज धाएका थियौँ । यसपालि परिक्षा केन्द्र फरक परेकाले परिक्षाका लागि उत्साह र भुट्भुटी पनि अलग्गै किसिमको थियो । त्रिचन्द्र अघिल्तिरकै बाटो सँधै हिड्ने गरेको भएपनि २/३ पटक मात्रै त्यस कलेजमा छिरेको याद छ त्यो पनि सोधपुछ कक्ष सम्म मात्रै । अझै गेटमै उभिएर कलेजको सम्पूर्ण जानकारी राख्ने नेताको अघि परेत प्राङ्गण टेक्नै नपर्ने ।

परिक्षाको ३ दिन अघि मात्रै परिक्षा केन्द्र तोकिएको सुचना प्रकाशित भयो । देशकै सवैभन्दा पुरानो कलेजमा परिक्षा दिन जानु पर्ने । कत्तिको कडाई गर्छ होला ? बाहिरबाट हेर्दै हरहर फिल्मको सुटिङ् स्पट जस्तो देखिने भवनमै त परिक्षा हल पर्दैन होला नि ? कताकता डर पनि थियो मनमा । तरङ्गित मनमा अनेकन प्रश्नहरु र परिक्षाको भरपुर तयारी सँगै परिक्षा दिन जाने दिन पनि आयो ।

फेरि परीक्षा भन्ने बित्तिकै अचम्मै डर लाग्ने । स्कुल जान थले देखिनै परीक्षा दिन सुरु गरेको भएपनि मास्टर्स तेस्रो सेमेस्टरको परिक्षा दिन निस्किनु अघिपनि उस्तै डर । ब्ल्याक एन्ड ह्वाइट कलरमा प्रिन्ट गरेको प्रवेश पत्र, दुई ओटा नयाँ पेन, स्केल, पेन्सिल र एक बोत्तल पानी बोकेर घरबाट परीक्षा दिन निस्किए । मनमा कस्ता प्रश्न आउलान् भन्ने भन्दा बढी कस्तो ठाउँमा परुँला भन्ने तनाव बढी थियो । यस्तै यस्तै कुरा खेलाउँदै त्रिचन्द्र कलेज पुगे ।

म पुग्दा त साथीहरु सबै पुगिसकेका । एउटि त दसै बजे आइपुगेको भन्थी । पुरै सेमेस्टर भरी नबुझेको आजै बुझाउँला जसरी हतार हतार कपिका पाना पल्टाउन व्यस्त देखिन्थे धेरै त । कोही भने ओए त्यो भन्दे ओए यो भन्दे भन्दै साथीको अघि पछि लाग्दै थिए । पहिलो दिन Survey of British and American Drama विषयको परीक्षा थियो । जिन्दगीमा एकपटक मात्र थिएटर पुगे पनि परीक्षा दिन भने ShakespareMarlow ले लेखेका नाटकका एक एक सम्वाद याद गरेर पुगेकी थिएँ ।

एकै छिनमा भित्तामा Symbol. No. टाँसियो । सबै जना तछाड मछाड गर्दै अघि सरे, मास्टर्स लेभल को अध्ययन गर्ने विद्यार्थीको त्यो प्रवृतिले केही हद सम्म चुकेको हाम्रो नैतिक शिक्षाको झल्को दिन्थ्यो । भीडबाट हात हल्लाउँदै साथीले हामी Environment Depart मा परियो भने पछि हतार हतार गरेर गार्ड दाईलाई सोध्दै लाग्यौँ त्यतै तिर ।

परीक्षा हलमा पुगेर जुन दृश्य देखियो त्यसले फेसबुकका Meme पेजमा देखिने Expectation Vs Reality को याद गरायो । दृश्य हेर्दा के परिक्षा दिन मन लाग्नु । ठूलो कक्षा कोठा भित्र ३ ओटा लहरमा लाम बद्ध लगाइएका डेस्क बेन्च, तिनका खुट्टा भने पानीले चुर्लुम्म डुबेका । कुनै किसिमको सीट प्लानिङ्ग नगरिएको उक्त परिक्षा हल भित्रको पहिलो लहर त ओभानो ठाउँ खोजेर बस्नेले भरिसकेका रहेछन् । म र मेरा साथी भने कता थोरै पानी छ त्यतै खोज्दै लाग्यौँ ।

ल एक्जाम दिन त डुङ्गा पो ल्याउनु पर्ने रहेछ, हैन हैन छाता सम्म ठीक होला ! यस्ता हास्यास्पद गाइगुइले एकछिन हल गुञ्जायमान भयो । अलि कम पानी भएको ठाउँ हेरेर दोस्रो लाइनको छेउ पट्टी बसेर चप्पल खोलेको त तहिरियर बग्न पो थाल्यो ।

कपिको बन्डल लिएर २ जना सरहरुको प्रवेश भयो । पानी कसरी छिरेछ ? झ्यालबाट सबै भित्र पस्यो जस्तो छ । यति कुरा मेरो कानमा पर्दै गर्दा दिमागले भने प्रश्नहरू तेस्र्याउन थाल्यो । समस्या झ्यालबाट पानी पस्नु की परिक्षा हल तोकिएको ठाउँको पानी नफाल्नु ? समस्या कसरी कक्षा कोठा पोखरी बन्यो भनेर हाँस्नु की परीक्षा केन्द्रको वातावरण शान्त, सफा र विद्यार्थी मैत्री बनाउनु ? तर यी प्रश्नको जवाफ भन्दा पनी प्रश्न पत्रमा भएका प्रश्नको जवाफ लेख्नु बढी महत्तवपूर्ण भएकाले खुट्टाको पानी तिर बाट ध्यान मोडेर आँखालाई Shakespare को नाटक The Winter’s Tale बाट साभार गरिएको संवाद तीर डुलाउन लागे ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  १० : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो