२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु



स्याङ्जा । कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका–५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ ।

स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्रीको ट्र्याक्टरमा गिट्टी बालुवा लोड गर्ने क्रममा जेसिबीको स्टेप्लाइजरले च्यापिएर गम्भीर घाइते भएको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

कालीगण्डकी करिडोरको सेतीबेनी–मिर्मी सडक खण्डअन्तर्गत गल्याङ –५ जोगिमारास्थित ठूलोखोलामा आज बिहान सो दुर्घटना भएको उनले जानकारी दिए । घाइते क्षेत्रीको मिर्मीस्थित कालीगण्डकी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । क्षेत्री २०७४ सालको स्थानीय तहको निर्वाचनमा गल्याङ –५ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ६ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको