११ फाल्गुन २०८१, आइतबार । February 23, 2025

दुई घण्टाको यात्रा ४५ मिनेटमै



म्याग्दी । जलजला गाउँपालिका–८, लस्तीदेखि वडा नम्बर ९ को बनौ जोड्ने सडक निर्माण भएपछि दुई घण्टाको यात्रा ४५ मिनेटमै पूरा गर्न सकिने भएको छ ।

सडक निर्माण भएसँगै बनौका बासिन्दालाई गाउँपालिकाको केन्द्र लामाखेत आवतजावतको दूरी घटेको हो । जलजला–९ बनौका वडाध्यक्ष गौबहादुर पुनले सर्पको गुँड भिरमा मार्ग खुलेसँगै बनौ र लस्ती सीधा सडक सञ्जालमा जोडिएको बताए । “बनौदेखि पाङ–अर्मादी–मालढुङ्गा–लामाखेत जोड्ने ४० किलोमिटर घुमाउरो सडक पार गर्न दुई घण्टा लाग्थ्यो”, उनले भने, “२० किलोमिटर दूरीको बनौ–लस्ती–लामाखेत सडक ४५ मिनेटमा पार गर्न सकिने भएको छ ।”

घुमाउरो सडकको यात्रा गर्नुपर्दा बनौवासीलाई लामाखेत आउन जान झञ्झट, सास्ती भएपछि विसं २०७५ देखि लस्ती–बनौ सडक निर्माण सुरु भएको थियो । सडक निर्माणपछि बनौका पाँच सय घरधुरीका साथै धाइरिङको सल्ले, एकपाटे, खानीगाउँका बासिन्दा लाभान्वित भएका छन् । चार वर्षको प्रयासमा सल्लेनीको सर्पको गुँड भन्ने भिरमा मार्ग खोल्ने काम यसपटक सकिएको उपभोक्ता समितिका अध्यक्ष दुलबहादुर पुर्जाले बताए ।

“यसअघिका तीन वर्ष बजेट विनियोजन भए पनि काम गर्न नसकेर फ्रिज भयो”, उनले भने, “यसपालि उपभोक्ता समितिमार्फत मार्ग खोल्न सफल भयौँ ।” सडक निर्माणमा सङ्घीय सरकारबाट दुई चरणमा रु एक करोड ३० लाख विनियोजन भए पनि भौगोलिक कठिनाइ र जोखिम भएकाले निर्माण व्यवसायीले काम गर्न नसकेपछि सबै बजेट खर्च हुन सकेन । गत वर्ष जलजला गाउँपालिकाले रु २५ लाख विनियोजन गरेर ठेक्का आह्वान गरेको थियो ।

अक्करे र जोखिमयुक्त पहाडमा सडक निर्माणका लागि व्यवसायी तयार नभएपछि ठेक्का रद्द भएको थियो । यसपाली गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत रु ३० लाख बजेट विनियोजन भएको थियो । उपभोक्ता समितिका अध्यक्ष पुर्जाका अनुसार पाँचरछ जना डोजर अपरेटरलाई देखाउँदा जोखिम भएको भन्दै काम गर्न मानेनन् ।

डोजर अपरेटर माधव रेग्मीले ओडार परेको भिरमा काम गर्ने आँट गरे । जोखिम मोलेर संयमतापूर्वक डोजर चलाएर मार्ग खोल्न सफल पनि भए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ९ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः नेपाल र म्यानमार बीचको खेल बराबरीमा रोकियो

काठमाडौं । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः किर्गिस्तानलाई हराउँदै तेस्रो बन्यो लेबनान

काठमाडौं । जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा लेबनानले सान्त्वना जित निकालेको

दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्ब ५४ करोड बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक

चलचित्र ‘लाज शरणम्’ ले पायो प्रदर्शन अनुमति

काठमाडौं । जेपीटी क्रियसनले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘लाज

त्रिशूलीमा वेपत्ता भारतीय सैनिकको शव १० दिनपछि भेटियो

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलबाट मोटरसाइकल