१५ चैत्र २०८१, शनिबार । March 29, 2025

पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने



कास्की । पोखरामा यही माघ १ गते यती एयरलाइन्सको नाइन एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ ।

कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको हो । स्व केसी रुपा गाउँपालिका–३ पोल्याङ निवासी थिए । गाउँपालिकाले उनलाई २०७८ सालमा रुपारत्न सम्मानबाट समेत सम्मान गरेको थियो । केसी गाउँपालिकाको पहिलो पाइलट एवं प्रशिक्षक थिए ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले पाइलट केसीको मृत्युले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको बताए । मंगलबार बसेको गाउँ कार्यपालिका बैठकले केसीको शालिकसहित उद्यान निर्माण गर्ने, शिलालेखमा नाम समावेश गर्ने र स्थानीय पाठ्यपुस्तकमा केसीका बारेमा समावेश गराउने निर्णय गरेको हो । केसीले अमेरिकाबाट पाइलट कोर्स पढेर आएका थिए ।

उनले २०४६ सालमा नेपाल वायु सेवा निगमबाट आफ्नो पेसाको सुरुआत गरेका थिए । पछिल्लो समय केसी यती एयरलाइन्समा आबद्ध थिए । केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गरेका थिए । यही माघ १ गते काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिक सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको छ ।

दुर्घटनामा परेकाहरूमध्ये अझै एक जनाको शव प्राप्त हुनसकेको छैन ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १० : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज घोडेजात्रा पर्व, यस्तो छ परम्परागत मान्यता

काठमाडौं । आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।

तिनकुने–कोटेश्वर क्षेत्रको अनुगमन गर्दै गृहमन्त्री लेखक

काठमाडौं । शुक्रबार भएको राजावादीहरुको हिंसात्मक आन्दोलनका कारण क्षति पुगेको

म्यानमार भूकम्पः मृत्यु हुनेको संख्या १ सय ४४ पुग्यो, उद्धार कार्य जारी

म्यानमार । म्यानमारमा शुक्रबार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको

आईपीएलः बेंगलुरुको लगातार दोस्रो जित, चेन्नई ५० रनले पराजित

एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल