४ असार २०८३, बिहिबार । June 18, 2026

म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि ८ अर्ब लगानी सम्झौता


२२ कार्तिक २०७९, मंगलबार  

6
Shares

काठमाडौं । ५७ दशमलव ३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि ५ बैंकले करिव ८ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।

सोमवार काठमाडौंका एक कार्यक्रमका बीच हाइड्रो भिलेज प्रा. लि. ले निर्माण गर्न लागेको ५७ दशमलव ३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि कम्पनी र बैंकहरूबीच करिव ८ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । कुल १० अर्ब ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नेपाल बैंकको अगुवाईमा मेगा बैंक, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष र नेपाल एसबिआई बैंकले लगानी गर्ने सहमति भएको छ ।

आयोजनाले ६२६ दशमलव ५० मि. हेड् र म्याग्दी खोलाको १२ दशमलव ५० घन मिटर प्रति सेकेण्ड बहाव प्रयोग गरी ५७ दशमलव ३ मेगावाट क्षमता विद्युत उत्पादन गर्ने कम्पनीले जनाएको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै हाइड्रो भिलेजका अध्यक्ष रामेश्वर थापाले हाइड्रो भिलेजका प्रवद्र्धकहरु सक्षम एवं अनुभव प्राप्त संस्था तथा व्यक्तिहरु भएको हुँदा आयोजना समयमा नै निर्माण सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए ।

उनले नविकरणीय उर्जाको दिगो विकासमा आफू प्रतिवद्ध रहेको समेत उल्लेख गरे । त्यस्तै,उर्जा डेभलपर्स प्रा.लि.का अध्यक्ष विजयबहादुर राजभण्डारीले उर्जा क्षेत्रको विकास गर्ने रणनीतिक एउटै भएकाले हाइड्रो भिलेजसँगको सहकार्य गरिएको बताए । उनले देश विकासमा हाइड्रो पावरको भुमिका आफ्नो पनि सहकार्य जनाउनको लागि काम गरिरहेको बताए । त्यस्तै सम्झौता कार्यक्रममा बोल्दै नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष अनिलकुमार उपाध्यायले जलविद्युत आयोजना निर्माणको काम समयमा सम्पन्न गर्न नसक्दा लागत बढ्ने बताए ।

उनले विगत केही समयदेखि विश्वव्यापी रुपमा नै सिर्जना भएको तरलता अभावका कारण बैंकहरुमा लगानीयोग्य रकम अभाव भएको बताए । बजारमा लरलता अभाव भनिए पनि तरलता अभाव नभएको भन्दै अभाव भएको भए बैंक बन्द हुने अवस्था आउने उनको भनाई थियो । त्यस्तै, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकको अग्रता र अन्य चार बैंकको साझेदारीमा यस आयोजनाको वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न हुनु उल्लासमय क्षण रहेको उल्लेख गरे ।

माग्दी खोला जलविद्युत आयोजनाबाट स्थानीय निकायहरुसँगकोे सहकार्यमा पहुँच मार्ग र अन्य पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिसकेको र आगामी सुख्खा यामदेखि मुख्य सिभिल संरचनाको निर्माण थालनी गरिने कम्पनीले जनाएको छ । आयोजना निर्माण थालनी भएको ४० महिनाभित्र आयोजना सम्पन्न हुनेछ । आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत (८ अर्ब ५ करोड ७० लाख रुपैयाँ) र स्वपुँजी २५ प्रतिशत (२ अर्ब ६८ करोड ६० रुपैयाँ) लगानी हुनेछ । आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्ट्याइएको छ ।

आयोजना सम्पन्न भएपछि सुख्खा याममा १०३ दशमलव ११ गिगावाट आवर र वर्षायाममा २३२ दशमलव ८८ गिगावाट आवर गरी वार्षिक ३३६ गिगावाट आवर विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ६ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा