काठमाडौं । एएफसी यु–१७ एसिया कप छनोटअन्तर्गत नेपालले आयोजक कतारसँग ५–० गोल अन्तरले पराजित भएको छ । खेलको २१औँ मिनेटमा यजान मोहम्मदले गोल गर्दै घरेलु टिम कतारलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा जैद फैसलले गोल गर्दै कतारको अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० को अग्रता लिएको कतारले…