२१ कार्तिक २०८१, बुधबार । November 6, 2024

स्पेनिस ला–लिगाः बार्सिलोनासँग पराजित भयो रियल मड्रिड



एजेन्सी । स्पेनिस ला–लिगामा रियल म्याड्रिडमाथि ४–० को जित निकाल्दै बार्सिलोनाले एल क्लासिकोमा फराकिलो जीत हात पारेको छ।

गएराति भएको खेलमा बार्सिलोनाले रियललाई घरमै स्तब्ध बनाएको हो। जीतपछि हान्सी फ्लिकको टोली स्पेनिस ला लिगा फूटबलको शीर्ष स्थानमा रियलभन्दा ६ अंकले अगाडि पुगेको छ। बार्सिलोनाले यस सिजनमा खेलेका ११ खेलमा १० जीत र १ बराबरीको कीर्तिमान बनाएको छ।

बार्सिलोनाको ३० तथा रियलको २४ अंक भएको छ। बार्साका लागि रोबर्ट लेवान्डोस्कीले ३ मिनेटको अन्तरमा २ गोल गर्दै बार्सिलोनालाई जीततर्फ लगेका थिए। लामिन यमाल र राफिन्हाले पनि गोल थप्दै रियललाई निराश पारे।

रियल लगातार ४२ खेलमा अपराजित रहँदै बार्सिलोनाको कीर्तिमानको नजिक पुगेको भए पनि यो हारसँगै अपराजित यात्राको अन्त्य भएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ७ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बागलुङको निसिखोलामा बस दुर्घटना, २१ जना घाइते

काठमाडौं । रुकुमबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना हुँदा २१

यू–१९ महिला विश्वकप छनोटः नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित

काठमाडौं । आईसीसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई

यू–१९ महिला विश्वकप छनोटः थाइल्यान्डलाई नेपालले दियो १ सय ३ रनको लक्ष्य

काठमाडौं । यूएईमा जारी आईसीसी यू १९ महिला टी–२० विश्वकप

एनपीएलः पुर्व भारतीय क्रिकेटर उन्मुक्त चन्द लुम्बिनी लाइन्समा अनुबन्ध

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लाइन्सले पुर्व

अमेरिकाको नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

एजेन्सी । अमेरिकाको नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्