काठमाडौं । नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले महानायक राजेश हमाललाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । स्वामित्व फर्चुन हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको लुम्बिनीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हमाललाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको जनाएको हो । हमालले लुम्बिनीसँग आवद्ध हुन पाउँदा निकै खुशी लागेको उल्लेख गर्दै लुम्बिनीले यस सिजनमा राम्रो प्रदर्शन गर्ने आशा…