२ कार्तिक २०८३, सोमबार । October 19, 2026

यू–१९ अभ्यास खेलमा कर्नाटकमाथि नेपालको शानदार जित


२ मंसिर २०८१, आइतबार  

54
Shares

काठमाडौं । भारतको कर्नाटक यू–१९ सँग भएको तेस्रो अभ्यास खेलमा नेपालको यू १९ टोलीले शानदार जित निकालेको छ ।

यो जितसँगै जारी पाँच खेलको सिरिजमा नेपाल २–१ ले अगाडी रहेको छ। मुलपानी क्रिकेट मैदानमा नेपालले १ सय २१ रनको जित दर्ता गरेको हो। जितका लागि २ सय ८३ रनको लक्ष्य पछ्याएको कर्नाटकले ४०।२ ओभरमा अलआउट हुँदै १ सय ६१ रन जोड्यो। कर्नाटकका लागि ओपनर गगन रावले सर्वाधिक ४६ रन जोडे।

मध्यक्रममा शिवले २३ रन जोड्नुबाहेक अन्य ब्याटरले खासै योगदान दिन सकेनन्। त्यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८२ रनको बलियो योगफल खडा गरेको थियो ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ४ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि