७ चैत्र २०८२, शनिबार । March 21, 2026

च्याम्पियन यु–१५ महिला टोली स्वदेश फिर्ता

काठमाडौं । बंगलादेशमा सम्पन्न साफ यु–१५ फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली महिला टोली शनिवार स्वेदश फर्किएको छ । आयोजक बंगलादेशलाई अन्तिम खेलमा बराबरी रोकेर समूह तालिकाको शीर्ष स्थानमा रहेर नेपाल च्याम्पियन भएको थियो । च्याम्पियन टोलीलाई शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष…