३१ जेष्ठ २०८३, आइतबार । June 14, 2026

कतार विश्वकपका लागि अर्जेन्टिनाको टोली घोषणा


२६ कार्तिक २०७९, शनिबार  

6
Shares

एजेन्सी । नोभेम्बर २० बाट कतारमा हुने फिफा विश्वकप फुटबलका लागि अर्जेन्टिनाले टोली घोषणा गरेको छ ।

चोटबाट रिकभर हुन प्रयास गरिरहेका एन्जल डि मारिया र पाउलो डिबलालाई समेट्दै २६ सदस्यीय टोली घोषणा गरेको हो । यो विश्वकपलाई स्टार फुटबलर लिओनल मेसीले अन्तिम विश्वकपका रुपमा लिएका छन् । गत वर्ष कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनाले यसै वर्ष फिनाल्सियामा युरो च्याम्पियन इटलीलाई पराजित गर्दै विश्वकपको उपाधि दाबेदारको रुपमा उभ्याएको छ।

समूह सी मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियासँग खेल्दै विश्वकप सुरु गर्दैछ । यस समूहमा मेक्सिको र पोल्याण्ड पनि छ । अर्जेन्टिनाको टिममा गोलकिपर एमिलियानो मार्टिनेज, गेरोनिमो रुली, फ्रान्को अर्मानी रहेका छन् । त्यस्तै डिफेण्डर नाहुल मोलिना, गोन्जालो मोनिटेल, क्रिस्टियन रोमेरो, जर्मन पेजेल्लन, निकोलस ओटामेन्डी, लिसान्ड्रो मार्टिनेज, मार्कोस अकुना, निकोलस ट्याग्लिफिको, जुयन पोयथ छन् ।

मिडफिल्डर रोड्रिगो डे पउल, लिएन्ड्रो परेडेस, एलेक्सिस म्याक अलिस्टर, गुइडो रोड्रिगेज, पपु गोमेज, एन्जो फर्नान्डेज, इजेक्वेल पालासिओस र फरवार्डमा एन्जल डि मारिया, लाउटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलस गोन्जालेज, जाओक्विन कोरेअ, लिओनल मेसी, पाउलो डिबला लगाएतका खेलाडिहरु रहेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ८ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन-३ः पोखरा एभेन्जर्सले भुर्तेलसहित ७ खेलाडीलाई गर्यो रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि

फिफा विश्वकप २०२६ः स्विट्जरल्यान्डसँग रेमाञ्चक बराबरीमा कतार

काठमाडौं। फिफा विश्वकप २०२६ मा समूह ‘बी’ अन्तर्गत आइबार राति

एनपीएल सिजन ३ः कर्णाली याक्समा मार्की सोमपालसहित सात खेलाडी रिटेन

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को लागि कर्णाली

फिफा विश्वकप २०२६ः मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को प्रतिस्पर्धामा

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय