२१ मंसिर २०८२, शनिबार । December 6, 2025

दोस्रो अभ्यास खेलमा नेपाल ६ रनले विजयी

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटको तयारीमा रहेको नेपाली युवा टोलीले दोस्रो अभ्यास खेलमा बिहीबार राति नामिबियामाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ । वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको नामिबया २९।५ ओभरमा १३५ रनमै अलआउट भयो । नामिबियाका कप्तान ए बसिङ वोल्स्चेंकले सर्वाधिक ५० रन बनाए पनि…