३१ आश्विन २०८३, शनिबार । October 17, 2026

आयरल्यान्ड सँग र भारतमा हुने फ्रेन्डसिप कप खेल्ने टोलीको घोषणा


७ चैत्र २०८०, बुधबार  

3
Shares

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा आयोजना हुने आयरल्यान्ड ‘ए’ सँग र भारतमा हुने फ्रेन्डसिप कपका लागि आज नेपाली टोली घोषणा गरेको छ ।

क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । छनोट हुने नेपाली टोलिमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, करण केसी, सोमपाल कामी, गुलसन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा र आकाश चन्द छन् ।

नेपालले आयरल्यान्डसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यही चैत १२ र १३ गते ट्वान्टी–ट्वान्टी खेल खेल्नेछ । त्यसपछि नेपाली टोली भारत जानेछ । भारतमा नेपालले पहिलो खेल यही चैत्र १८ गुजरातसँग खेल्नेछ भने दोस्रो खेल चैत २० गते बरोडासँग खेल्नेछ । त्यस्तै नेपालले आफ्नो तेस्रो खेल चैत २१ गते गुजरातसँग खेल्नेछ ।

उक्त सिरिजको अन्तिम खेल नेपालले चैत २३ गते बरोडासँग खेल्नेछ । लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल भने चैत २५ गते हुनेछ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  २ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि