२४ माघ २०८२, शुक्रबार । February 6, 2026

सुक्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

धादिङ । धादिङको शितलबजार र मलेखुको बीच क्षेत्रमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । मंगलबार साँझतिर खसेको उक्त पहिरोबाट राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । पहिरो पन्छाएर साना सवारी साधन दुईतर्फी र ठूला सवारी साधन एकतर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।