२० माघ २०८१, आइतबार । February 2, 2025

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्ड सञ्चालनमा

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा आएको छ । सडक भासिएसँगै केही समयका लागि गाडी चलाउन रोक लगाइएकोमा सडक मर्मत गरेपछि अहिले गाडी चल्न थालेका छन् । दाउन्नेमा गएराति सडक भासिएको थियो । विनयी त्रिवेणी गाउँपालिका–२ को दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले गाडी रोकेर मर्मत गरिएको…