काठमाडौं । नेपालमा मनसुनको न्यून चापीय रेखा हाल तराई आसपास रहेपनि बिस्तारै दक्षिणतर्फ खस्दै जाने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसका कारण देशभर मनसुनको प्रभाव केही कमजोर हुँदै जानेछ। यद्यपि, बङ्गालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको प्रभाव भने यथावत् रहनेछ। आज बिहान सुदूरपश्चिम प्रदेशसहितका पहाडी क्षेत्रमा सामान्य बदली रही बाँकी स्थानहरूमा आंशिक बदली देखिएको…