तनहुँ । तनहुँको दक्षिण भेगमा पर्ने श्रृङ्गपथ मोटरमार्गअन्तर्गत देउराली–सुनाकोट सडकखण्डमा सडक भासिएर अवरुद्ध बनेको सडक दस दिनपछि पुनः सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण गत असोज २६ गते सडक भासिँदा सवारी साधनको आवागमन अवरुद्ध भएपछि नयाँ ट्रयाक खोलेर शुक्रबारदेखि सवारी पुनः सञ्चालनमा ल्याइएको हो । अविरल वर्षाले जिल्लाको घिरिङ गाउँपालिका–५ देउराली नजिकको सडकमा पहिरो…