२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

अवरुद्ध श्रृङ्गपथ सडकखण्ड पुनःसञ्चालनमा


४ कार्तिक २०७९, शुक्रबार  

0
Shares

तनहुँ । तनहुँको दक्षिण भेगमा पर्ने श्रृङ्गपथ मोटरमार्गअन्तर्गत देउराली–सुनाकोट सडकखण्डमा सडक भासिएर अवरुद्ध बनेको सडक दस दिनपछि पुनः सञ्चालनमा आएको छ ।

अविरल वर्षाका कारण गत असोज २६ गते सडक भासिँदा सवारी साधनको आवागमन अवरुद्ध भएपछि नयाँ ट्रयाक खोलेर शुक्रबारदेखि सवारी पुनः सञ्चालनमा ल्याइएको हो । अविरल वर्षाले जिल्लाको घिरिङ गाउँपालिका–५ देउराली नजिकको सडकमा पहिरो जाँदा तनहुँको ऋषिङ, घिरिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लामा गुड्ने सवारी साधन रोकिएका थिए ।

दैनिक माथिबाट सडकमो पहिरो खसेकाले दुईदेखि तीन वटासम्म डोजर प्रयोग गरी माथिपट्टि पहरा कटान गरेर नयाँ सडकमार्ग बनाइएको हो । गण्डकी प्रदेशले रु २५ लाख बजेट उपलब्ध गराएकाले जिल्लास्थित पूर्वाधार कार्यालयले सडक निर्माणको काम गरेको घिरिङ गाउँपालिकाका प्रेस सल्लाहकार अन्जान परियारले जानकारी दिएका छन् ।

दसैँको समयमा गाडी नचलेपछि लामो दूरीको बाटो पैदल हिँडेर आफन्त, इष्टमित्र र मान्यजनको हातको टीका थाप्न जान सर्वसाधारणले कठिनाइ भोग्नुपरेको थियो । सडक बनेपछि साना तथा ठूला गाडी पनि निर्वाधरुपमा गुड्न थालेको छ ।

दसैँको समयमा अविरल वर्षा भएका कारण पनि तत्काल काम गर्न नसकिएकाले केही समय ढिलाइ हुन गएको भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदीले बताएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ४ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ