३१ बैशाख २०८३, बिहिबार । May 14, 2026

रेमिट्यान्सको सदुपयोगका लागि वित्तीय साक्षरता कक्षा


३ कार्तिक २०७९, बिहिबार  

0
Shares

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षा सुरु गरेको छ।

विदेशबाट भित्रिएको रकमलाई बचत गर्ने र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नेरगराउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षा सुरु गरिएको हो । नगरपालिकाले सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तरगत वैदेशिक रोजगारीमा संलग्न परिवारका महिला सदस्यलाई सहभागी गराएर वित्तीय साक्षरता कक्षा सुरु गरेको हो।

२१ हप्तासम्म सञ्चालन हुने वित्तीय साक्षरता कक्षामा २० देखि २५ जनाको चार वटा समूह सहभागी छन्। वित्तीय साक्षरता कक्षामा रेमिट्यान्सको सदुपयोग एवं व्यवस्थापन गर्दै उद्यमशीलता विकास, आय–आर्जनमा वृद्धि, व्यावसायिकता सँगै अन्य आर्थिक र व्यवहारिक विषयवस्तुमा छलफल भइरहेको सुरक्षित आप्रवासन परियोजना (सामी) खोटाङका कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले जानकारी दिए ।

कक्षामा वैदेशिक रोजगारको कारणले परिवार तथा व्यक्तिमा पर्ने पिर, चिन्ता, हिंसा लगायतका मनोसामाजिक समस्यामा परामर्श समेत दिने व्यवस्था मिलाइएको छ। जिल्लाको हलेसी तुवाचुङ नगरपालिका र केपिलासगढी गाउँपालिकामा पनि वित्तीय साक्षरता कक्षा सञ्चालन हुँदैछ। हलेसी तुवाचुङ नगरपालिकामा दशैंअघिदेखि र केपिलासगढी गाउँपालिकामा वित्तीय साक्षरता कक्षा सञ्चालनको अन्तिम तयारी भएको कार्यक्रम संयोजक आचार्यले जानकारी दिए ।

सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम स्विस सरकार र नेपाल सरकारको संयुक्त कार्यक्रम हो। परियोजनाले वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र उपलब्धिमूलक बनाउने क्रियाकलाप सञ्चालन गर्दैआएको छ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली