६ असार २०८३, शनिबार । June 20, 2026

आत्मदाह प्रयास गरेका आचार्यको निधन

काठमाडौं । मंगलबार संसद भवन अगाडी आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। उनको उपचारको क्रममा बुधबार बिहान निधन भएको हो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पताल प्रशासनले जनाएको छ । उनको बुधबार बिहान ५ बजेको समयमा निधन भएको हो ।