९ चैत्र २०८२, सोमबार । March 24, 2026

संखुवासभामा २१ महिने बालिका बलात्कृत

संखुवासभा । संखुवासभामा २१ महिनाकी बालिका बलात्कृत भएकी छन्। आफ्नै घरमा बसिरहेकी ती बालिकालाई १४ वर्षका युवकले फकाएर बलात्कार गरेको प्रहरीले जनाएको छ। पीडित पक्षको उजुरीका आधारमा हाल आरोपित युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । बालिकाका अभिभावक खेतबारीमा काम गर्न गएका वेला ती बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ।