२४ बैशाख २०८३, बिहिबार । May 7, 2026

गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

गुल्मी। गुल्मीमा गए राति पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो । पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता बिक, नातिनीहरू ८ वर्षकी सपना बिक र ८ महिनाको बिपना बिकको मृत्यु भएको…