जलेश्वर । स्थानीय तह निर्वाचनमा समयभित्र निर्वाचन खर्च विवरण नबुझाउने महोत्तरीका चार हजार ६ सय २७ जनालाई जरिवाना गरिएको छ । जिल्ला निर्वाचन अधिकारी सुबोधकुमार महतोका अनुसार महोत्तरीका १५ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला, दलित तथा खुल्ला सदस्य पदका गरी जम्मा चार हजार ६ सय २७ उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना गरेको छ…