रौतहट । रौतहटको श्री बागमती माध्यमिक विद्यालय, गोपालकुटी, चन्द्रपुर-१ मा जिल्लास्तरीय विशेष विद्यालय रनिङ शिल्ड प्रतियोगिता २०८१ सफलतापूर्वक सम्पन्न भएको छ। यो प्रतियोगिता अपाङ्गता भएका विद्यार्थीहरूको शारीरिक र मानसिक क्षमता वृद्धिको उद्देश्यले विभिन्न खेलकुद कार्यक्रमहरूको आयोजना गरिएको थियो। प्रतियोगिताको अध्यक्षता यमबहादुर खडिवालाले गरेका थिए, जबकि प्रमुख अतिथिको रुपमा चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरी उपस्थित थिइन।…