पाल्पा । राष्ट्रपति विद्यादेवी भण्डारीले पाल्पाको सिद्धबाबा मन्दिरमा विशेष पूजा गर्ने भएकी छिन्। रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १५ औं राष्ट्रिय औद्योगिक प्रर्दशनीको उद्घाटनका लागि बुटवल आउन लागेकी राष्ट्रपति भण्डारीले रूपन्देही र पाल्पाको सिमाना नजिकै रहेको मन्दिरमा पूजा गर्ने भएकी हुन्। पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा मन्दिरमा विधिपूर्वक पूजा आराधना एवं दर्शन गर्ने कार्यक्रम…