६ कार्तिक २०८३, शुक्रबार । October 24, 2026

पुस १३ गतेदेखि २४ औं पोखरा सडक महोत्सव हुँदै


७ पुस २०७९, बिहिबार  

6
Shares

कास्की । अंग्रेजी नयाँ वर्षको अवसरमा पुस १३ गतेदेखि १७ गतेसम्म पोखरामा २४ औैं पोखरा सडक महोत्सव हुने भएको छ । 

रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले विगतका वर्षहरुको जस्तै यो वर्ष पनि पोखराको पर्यटन प्रवद्र्धनका लागि महोत्सव गर्न लागेको हो । पोखरा रेवानका अध्यक्ष नरेश भट्टराईले  आन्तरिक तथा वाह्य पर्यटकलाई अंग्रेजी नयाँ वर्षमा गन्तव्यको रुपमा पर्यटन प्रवद्र्धन उद्देश्यले पुस १३ गतेदेखि १७ गतेसम्म पोखरा लेकसाइडको तीन किलोमिटर क्षेत्रमा महोत्सव गर्न लागिएको बताए । उनले सडकमा नै खाऔं सडकमा नै रमाउँ भन्ने उद्देश्यले महोत्सव हरेक वर्ष भइरहेको बताए ।

अध्यक्ष भट्टराईले पोखरा सडक महोत्सवमा साँस्कृतिक कार्यक्रम,मौलिक भेषभुषा प्रदर्शन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन,दोहोरी गीत प्रतियोगिता,झाँक्री प्रदर्शन,रात्रीकालिन कन्सर्ट,बोट रेस र पोखराका प्रमुख गन्तव्य सहितको डमुमेन्ट्री प्रदर्शन गर्ने बताए । उनले पोखरा सडक महोत्सव पाँच दिनसम्म हुने बताए । पोखरा सडक महोत्सवले कोरोना महामारीको कारण सिथिल बनेको पर्यटन क्षेत्र अब पर्यटनमैत्री बन्ने विश्वास रहेको उनले बताए ।

त्यस्तै, रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) का केन्द्रिय अध्यक्ष अरनिको राजभण्डारीले पछिल्लो समय देखिएको व्यापारी मन्दीलाई महोत्सवले सहयोग पु-याउने बताए । उनले सडक महोत्सवले स्थानीय उत्पादनलाई बजार प्रवद्र्धन गर्ने बताए ।राजभण्डारीले व्यापार र पर्यटन प्रवद्र्धनका लागि सरकारले निजी क्षेत्रलाई सहयोग गर्न जरुरी रहेको बताए । उनले हरेक क्षेत्रमा निजी क्षेत्र अगाडि आएको देश नै विकसित हुने भन्दै यस्ता सडक महोत्सव नेपालका सबै स्थानमा गर्न सरकारले सहयोग गर्न आवश्यक रहेको बताए । 

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ४ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि