२४ भदौ २०८३, बुधबार । September 10, 2026

शिक्षक विष्टको हत्या भएको खुलासा, दुई जना पक्राउ


७ पुस २०७९, बिहिबार  

12
Shares

बैतडी । बैतडीमा मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सुर्नया गाउँपालिका–२ घर भइ पाटन नगरपालिका–६ स्थित कृष्ण माविमा पढाउँदै आएका विष्टको हत्या अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सोही विद्यालयमा कम्प्युटर डिप्लोमा अध्ययनरत छात्रा र उनका श्रीमान रहेको प्रहरीले जनाएको छ । छात्राका श्रीमान विदेशको भिषा आउने भएपछि श्रीमतीसँग बस्न पाटन आएको खुलेको छ ।

साथै, मृतक शिक्षक पनि सोही छात्राबासको माथिल्लो तलाको ९ नम्बर कोठामा बस्दै आएका थिए । घटना भएको दिन शिक्षक विष्टलाई छात्राले छात्राबास पछाडि बोलाएको र विवाद हुँदा हत्या भएको प्रहरीले जनाएको छ । के विषयमा हत्या भयो भन्ने प्रहरीले खुलाएको छैन ।

यद्यपि, पक्राउ परेका दुवै जनाले हत्या गरेको स्विकार गरेको प्रहरीले जनाएको छ । बैतडी प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी आरोपीलाई सार्वजनिक गर्ने तयारी गरेको छ । शिक्षक विष्ट २ पुसमा छात्रावासको पछाडि मृत अवस्थामा भेटिएका थिए ।

विष्टको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै सोही दिनदेखि पाटनमा आन्दोलन जारी छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ११ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated