५ असार २०८३, शुक्रबार । June 19, 2026

गण्डकी प्रदेशमा सांसदको शपथ पुस १४ गते


७ पुस २०७९, बिहिबार  

6
Shares

कास्की । मङ्सिर ४ गते भएको निर्वाचनबाट निर्वाचित भएका गण्डकी प्रदेशका प्रदेश सभा सदस्यहरूलाई यही पुस १४ गते शपथ खुवाइने भएको छ। 

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी ज्येष्ठ सदस्य तथा सांसदको पद तथा गोपनीयताको शपथग्रहणबारे जानकारी दिएको हो। पोखराको नदीपुर स्थित प्रदेशसभा हलको कक्षमा पुस १४ गते शपथ ग्रहणको कार्यक्रम रहेको प्रदेश सचिवालयका सचिव हरिराज पोखरेलले बताए। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सबैभन्दा ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई पुस १३ गते शपथग्रहण गराउने छन्।

शपथ ग्रहण गर्न आउँदा निर्वाचन आयोगले प्रदेशसभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र दुई प्रति फोटो पनि बोकेर आउन भनेको छ। मातृभाषामा पनि शपथ खान पाइने छ। यसका लागि शपथ ग्रहणको तीन दिन अघि नै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने छ।

प्रदेशसभाका नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ खुवाउने व्यवस्था छ। त्यसपछि ज्येष्ठ सदस्यले अन्य सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउने छन्। प्रदेश प्रमुख गुरुङले  पर्वतको प्रदेश सभा (ख) बाट चुनाव जितेका ६५ वर्षीय बस्याललाई प्रदेश प्रमुखको निवासमा शपथ ग्रहण गराउने छन्।

गण्डकी प्रदेशसभामा ३६ जना प्रत्यक्ष र २४ समानुपातिकबाट गरेर ६० जना निर्वाचित भएका छन्। अरू ५९ जना सदस्यलाई बस्यालले प्रदेशसभा हलमा शपथ खुवाउने छन्। गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकको अध्यक्षता पनि बस्यालले नै गर्नेछन्। 

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  १० : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा