कञ्चनपुर । बेलौरी नगरपालिका–२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको वयस्क भाले पाटेबाघलाई गए राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सुरक्षित रूपमा छाडिएको छ। डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघलाई निकुञ्जको कोर एरियामा रहेको प्राकृतिक बासस्थानमा पुनःस्थापित गरिएको हो। आइतबार गहुँबारीमा फेला परेको बाघलाई सुरक्षित रूपमा उद्धार गरी स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणपछि बाघ पूर्ण रूपमा स्वस्थ…