२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

जाजरकोटमा भूकम्पको श्रृंखला: आज बिहान फेरि कम्पन महसुस

जाजरकोट । जाजरकोट जिल्लामा भूकम्पको लहर जारी छ। आज बिहान पुनः भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद् लोकविजय अधिकारीका अनुसार मंगलबार बिहान ४:५३ बजे जाजरकोटको कुशे गाउँपालिका अन्तर्गतको पैंक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि सोमबार राति ९:३१ बजे सोही क्षेत्रमा ४.१ म्याग्निच्युडको भूकम्प गएको…