२३ बैशाख २०८३, बुधबार । May 7, 2026

एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाललाई पितृशोक

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाललाई पितृशोक परेको छ । उनका पिता जगन्नाथ भूसालको ९७ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित घरमै निधन भएको पारिवारिक स्रोतले बतायो ।