९ बैशाख २०८३, बुधबार । April 22, 2026

पाल्पा जिप दुर्घटनाः मृत्यु हुनेको संख्या ५ पुग्यो


२२ जेष्ठ २०८०, सोमबार  

3
Shares

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

दुर्घटनामा परी मृत्यु हुने सबै अर्घाखाँचीका हुन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१, की ५५ वर्षीया श्यामकला परियार, पाणिनीकै चालक २६ वर्षीय रमेश विक, पाणिनी २ पोखराथोककी २५ वर्षीया सीता गौतम, पोखराथोककी दुई वर्षीय संयोग गौतम र पणेनाका ३७ वर्षीय विजय पोखरेल रहेको प्रहरीले जनाएको छ ।

परियार, विक र गौतमको घटनास्थलमा साथै दुई वर्षीय संयोग र पोखरेलको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । ज्यान गुमाउने सीता र संयोग आमा छोरा हुन् । दश जना घाइतेको रुपन्देहीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये पँच जनाको अवस्था चिन्ताजनक रहेको उपचारमा सग्लन चिकित्सकले बताएका छन ।

जसमा चार जनाको भैरहवास्थित मेडिकल कलेज र एक जनाको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ । थप पाँच जना घाइतेको भने लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार जारी छ । घाइतेमध्ये अधिकांश बालबालिका रहेका छन् । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पाणिनीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको जिप ढोरपाटन सडकको केवँरेछेडामा दुर्घटनामा भएको हो ।

दुर्घटनाग्रस्त जीप सडकदेखि ७० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  १२ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म