१० बैशाख २०८३, बिहिबार । April 23, 2026

नक्कली मदिरा बनाई बिक्री गर्ने पक्राउ


१० जेष्ठ २०८०, बुधबार  

6
Shares

काठमाडौं । राजश्व छलि नक्कली स्टिकर तथा नक्कली मदिरा बनाई बिक्रीवितरण गर्नेलाई रुपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ ।

रुपन्देही सिद्धार्थनगर नगरपालिका–९ बस्ने २८ वर्षीय नवीन पन्थी र सोही ठाउँका ३१ वर्षीय मुक्तार पठानलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा नक्कली स्टिकर तथा नक्कली रक्सी बनाई बिक्री गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

अम्बिका ट्रेडर्स सञ्चालक पन्थी र पठानलाई राजश्व छली नक्कली स्टिकर तथा नक्कली मदिरा बनाई बिक्री वितरण गरेको भन्ने गोप्य सूचना आधारमा पक्राउ गरिएको हो । प्रवक्ता अर्यालका अनुसार उनीहरूले स्थानीय फिरोज खानको घरमा कोठा भाडामा लिइराखेको अवस्थामा आन्तरिक राजश्व विभाग लेखेको स्टिकर ५९३ वटा, सिग्नेचरको खाली बोतल ४८ वटा, ओल्ड दरबार लेखेको खाली बोतल १६ वटा, गोल्डेन ओक लेखेको खाली बोतल नौ वटा, सिग्नेचर १८० एमएलको १२ बोतल बरामद गरिएको छ ।

यस्तै सिग्नेचर ३७५ एमएलको दुई बोतल, गोल्डेन ओक १८० एमएलको चार बोतल, ओल्ड दरबार रेगुलर १८० एमएलको तीन बोतल, ओल्ड दरबार रेगुलर ३७५ एमएलको एक बोतल, १८० एमएलको एटएटफोरएट ४१ बोतल, जारको भाँडामा रहेको रक्सी जस्तो तरल पदार्थ एक लिटर बरामद गरिएको छ ।

बरामद खरिएको समान तथा व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागी आन्तरिक राजश्व कार्यालय भैरहवा रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ८ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म