२९ मंसिर २०८२, आइतबार । December 14, 2025

नेकपा एमालेलाई काठमाडौं महानगरले तिरायो एक लाख जरिवाना

काठमाडौं । महागरपालिकाले नेकपा एमालेलाई एक लाख जरिवाना तिराएको छ । शुक्रबार काठमाडौँको दरबारमार्गमा एमालेले आयोजना गरेको जागरण सभाका क्रममा फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख जरिवाना गरेको हो । महानगरले सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरि वातावरण प्रदुषण गरेकोले एक लाख जरिवाना गरेको जनाएको छ ।