ललितपुर । ललितपुर जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १३ सय आठ जना म्यादी प्रहरी परिचालन हुने भएको छ । ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले सो जानकारी दिएका हुन । उनका अनुसार हाल उनीहरुलाई तालिम दिने काम भइरहेको छ । ललितपुरका विभिन्न नौ स्थानमा तालिमको व्यवस्था गरिएको छ…