२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

आगलागीबाट दुई करोड बढीको क्षति


७ कार्तिक २०७९, सोमबार  

6
Shares

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा गएराति लागेको आगलागीबाट रु दुई करोडभन्दा बढीको क्षति पुगेको छ ।

आगलागीबाट तीन वटाघर र ती घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता रुपक खड्काले जानकारी दिए । उनका अनुसार सत्तरीको डिल भन्ने स्थानमा विजय थापाको फेन्सी पसलबाट लाग्न सुरु भएको आगो हरि थापाको किराना पसल र विजय थापाको हार्डवेयर पसलसमेत फैलिएर ती पसलमा रहेका सामग्री जलेर नष्ट भएका हुन ।

थापा दाजुभाइको तीनवटा घरसहित ती घरमा सञ्चालित पसलका सामग्री, घरमा रहेको नगद, सुनचाँदी, लत्ताकपडा, भाडावर्तन अधिकांश जलेर नष्ट भएकाले प्रारम्भिक अनुमानमा रु दुई करोड २० लाख बरारबको क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

रातको करिब पौने ९ बजेदेखि लाग्न सुरु गरेको आगो स्थानीयवासी, सुरक्षाकर्मीको सहयोगमा विदुर नगरपालिकाको दमकलले पाँच घण्टापछि नियन्त्रणमा लिएको थियो । आगो लाग्नुको कारण नखुले पनि विद्युतीय गडबढी भएको हुनसक्ने पीडित विजय थापाले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ