२१ मंसिर २०८२, शनिबार । December 6, 2025

वैशाख १० गते चितवन–२ मा उपनिर्वाचन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाअन्तर्गत चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचन आउँदो वैशाख १० गते गर्ने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले उपनिर्वाचनको मिति तय गरेको हो । गत मंसिरको चुनावमा उक्त क्षेत्रबाट निर्वाचित रवि लामिछानेको नागरिकताका कारण अयोग्य भएपछि उनको पद खारेज भएको थियो । लामिछानेको पद खारेजीपछि चितवन–२ रिक्त भएको थियो…