४ असार २०८३, बिहिबार । June 18, 2026

घर पालुवा कुकुरलाई जथाभावी दिसा पिसाब नगराउन महानगरको निर्देशन


२० माघ २०७९, शुक्रबार  

6
Shares

ललितपुर । ललितपुर महानगरपालिकाले घरमा पालिएका कुकुरलाई सार्वजनिक ठाउँमा दिसा–पिसाब नगराउन घरधनीलाई अनुरोध गरेको छ ।

व्यक्तिले घरमा पालेका कुकुरलाई सार्वजनिक ठाउँमा दिसा–पिसाब गराउने गरेको गुनासोपछि महानगरले सार्वजनिक सूचना निकालेर वातावरण प्रदूषित हुने भएकाले त्यसो नगर्न आग्रह गरेको हो । कुकुरको दिसा–पिसाबमा भएका जीवाणु वातावरणमा फैलिँदा मानव स्वास्थ्यमा पर्ने असरतर्फ पनि सचेत हुन महानगरले नगरवासीलाई अनुरोध गरेको छ । कुकुरलाई सार्वजनिक ठाउँमा दिसा–पिसाब गराएको भेटिए या सूचना प्राप्त भएमा कानुनअनुसार कारबाही गर्ने महानगरले चेतावनी दिएको छ ।

महानगरको हरियालीसहित सफा र सुन्दर सहर बनाउने अभियानविरुद्ध काम नगर्न र सहर सफा राख्ने अभियानमा सहयोग गर्न पनि महानगरपालिकाले आग्रह गरेको छ । देशकै पुरानो र जेठो सांस्कृतिक सहरका रूपमा रहेको ललितपुर महानगरपालिका स्मार्ट सिटीको रूपमा विकास गर्न विभिन्न कार्यक्रम भइरहेका छन् । महानगरपालिकाले यसअघि सूचना निकालेर स्मार्ट सिटी बनाउन तथा हरियाली प्रवर्द्धन गर्न विभिन्न ठाउँमा रोपिएका बिरुवा उखलेको, काटेको जानकारीमा आएकाले त्यसो नगर्न आग्रह गरेको थियो ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १२ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा