ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा दुई किशोरमाथि चक्कु प्रहार गरिएको छ। घटनामा पीडित दुई जना दाजुभाइ हुन्, जो स्थानीय विशंखुनारायण माध्यमिक विद्यालयका नवौं कक्षामा अध्ययनरत छन्। घटनाबाट घाइते भएका दुवै किशोरलाई पुल्चोक स्थित सुमेरु सिटी अस्पतालमा उपचार गराइएको छ। प्रहरी अनुसार, घटना चुङ्गी खेल्ने क्रममा भएको झगडाको कारणले घटेको हो।…