२४ माघ २०८२, शुक्रबार । February 6, 2026

रविको बचाउमा प्रचण्डः रविमाथि अनुसन्धान गर्नुनपर्ने प्रहरीको ब्रिफिङ छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुनपर्ने भनेर प्रहरीले नै ब्रिफिङ गरेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठाएको प्रश्नको जवाफ दिँदै उनले गृहमन्त्री लामिछानेको बचाउ गरेका हुन् ।