९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

आफुले गरेको अपराध ढाकछोप गर्न रविले गृहमन्त्रालय रोजेको कांग्रेसको आरोप



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुले गरेको अपराध ढाकछोप गर्न स्वार्थ बाझिने मन्त्रालय लिएको आरोप लगाएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद इश्वरीदेवी न्यौपानेले उक्त आरोप लगाएकी हुन् । उनले स्वार्थ बाझिने मन्त्रालय लिएर नैतिक, राजनीतिक र कानुनी प्रश्नबाट घेरिएको बताइन् । पहिलो पटक गृहमन्त्री हुँदा नागरिकताको विषयमा विवादित रहेको र अहिले आएर सहकारीको विषयमा विवादित रहेको बताउँदै स्वार्थ बाझिने मन्त्रालयमा लामिछाने आएको भन्दै उनले आपत्ति व्यक्त गरिन् ।

उनले भनिन्– ‘उहाँलाई स्वार्थ बाझिने मन्त्रालय किन चाहियो आज थाहा भएको छ, हिजो नागरिकता विवाद मिलाउनु थियो, आजका दिनमा सहकारीको उजुरी परेको छ, त्यो मिलाउनु छ । हामीले प्रधानमन्त्रीको जवाफबाट आश्वस्त हुन चाहेका थियौँ । प्रधानमन्त्रीको गैर जिम्मेवार जवाफ आयो ।

प्रतिपक्षलाई केही हैन भन्ने कुरा आयो । हामी चाहन्छौँ सदन चलोस्, नीति तथा कार्यक्रमका विषयमा छलफल होस्, दुई चार पैसा जम्मा गरेकाहरूको पैसा कसरी दिने ? प्रमाण छैन भन्ने प्रधानमन्त्री, प्रमाण छ भन्ने हामी प्रतिपक्षी ? यो कसले छिनोफानो गर्ने ? ’ उनले प्रधानमन्त्रीले न्यायाधीश जसरी लामिछानेलाई सफाइ दिएको भन्दै आपत्ति व्यक्त गरिन् ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ११ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी