३० बैशाख २०८३, बुधबार । May 13, 2026

आफुले गरेको अपराध ढाकछोप गर्न रविले गृहमन्त्रालय रोजेको कांग्रेसको आरोप


७ चैत्र २०८०, बुधबार  

6
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुले गरेको अपराध ढाकछोप गर्न स्वार्थ बाझिने मन्त्रालय लिएको आरोप लगाएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद इश्वरीदेवी न्यौपानेले उक्त आरोप लगाएकी हुन् । उनले स्वार्थ बाझिने मन्त्रालय लिएर नैतिक, राजनीतिक र कानुनी प्रश्नबाट घेरिएको बताइन् । पहिलो पटक गृहमन्त्री हुँदा नागरिकताको विषयमा विवादित रहेको र अहिले आएर सहकारीको विषयमा विवादित रहेको बताउँदै स्वार्थ बाझिने मन्त्रालयमा लामिछाने आएको भन्दै उनले आपत्ति व्यक्त गरिन् ।

उनले भनिन्– ‘उहाँलाई स्वार्थ बाझिने मन्त्रालय किन चाहियो आज थाहा भएको छ, हिजो नागरिकता विवाद मिलाउनु थियो, आजका दिनमा सहकारीको उजुरी परेको छ, त्यो मिलाउनु छ । हामीले प्रधानमन्त्रीको जवाफबाट आश्वस्त हुन चाहेका थियौँ । प्रधानमन्त्रीको गैर जिम्मेवार जवाफ आयो ।

प्रतिपक्षलाई केही हैन भन्ने कुरा आयो । हामी चाहन्छौँ सदन चलोस्, नीति तथा कार्यक्रमका विषयमा छलफल होस्, दुई चार पैसा जम्मा गरेकाहरूको पैसा कसरी दिने ? प्रमाण छैन भन्ने प्रधानमन्त्री, प्रमाण छ भन्ने हामी प्रतिपक्षी ? यो कसले छिनोफानो गर्ने ? ’ उनले प्रधानमन्त्रीले न्यायाधीश जसरी लामिछानेलाई सफाइ दिएको भन्दै आपत्ति व्यक्त गरिन् ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ११ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली