९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

गृहमन्त्री लामिछानेलाई बदनाम गर्न खोजियोः अध्यक्ष ओली



कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेर बदनाम गराउन खोजेको आरोप लगाएका छन् ।

आज प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरर्जस्ती बदनाम गराउन खोजिएको दाबी गरे । लामिछानेको सहकारीसँग कुनै सम्बन्ध नभएको भन्दै उनले छानबिनमा कुनै प्रभाव नपर्ने जिकिर गरे ।

उनले सहकारीपीडितले चाँडै न्याय पाउने समेत उल्लेख गरे । “कुनै मन्त्री वा सांसदविरुद्ध उजुरी पर्दैमा पद नरहने भए मन्त्री र सांसद सबै खाली हुने अवस्था हुने थियो”, उनले भने ।

उनले प्रदेश सरकारको भागबण्डा र कम्युनिष्ट पार्टीबीचको एकीकरणबारे अनुमानका भरमा प्रतिक्रिया दिन नहुने टिप्पणी समेत गरेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ४ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी