काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचनका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेतृ विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ । मंगलबार बसेको संसदीय दलको बैठकले पुडासैनीलाई उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको हो । पुडासैनी गएको माघमा भएको राष्ट्रियसभा निर्वाचनमा निर्वाचित भएकी थिइन् । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ ।…