२१ मंसिर २०८२, शनिबार । December 6, 2025

एमालेले फिर्ता लियो प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन

काठमाडौं । एमालेले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको सचिवालय बैठकले २४ घण्टाभित्र राजीनामा दिन आग्रह गरेको एमालेले बुधबार समर्थन फिर्ता लिएको हो । एमाले प्रमुख सचेतक महेश बर्तौलाले एमाले सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रधानमन्त्री दाहालसमक्ष राजीनामा पत्र बुझाउने पनि जानकारी दिए ।