२१ मंसिर २०८२, शनिबार । December 6, 2025

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए पदबाट राजीनामा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन्। आइतबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक राखिएको थियो। सोही बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएका हुन्।